यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।
यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।
टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।
0 comments:
Post a Comment